×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Ground Zero रिपोर्ट : सुदुरपश्चिममा राष्ट्रिय वाणिज्य बैंकले ‘सार्दैछ’ कोरोना, अन्य बैंकको व्यवस्था कस्तो ? (फोटो फिचर)

  • दीपकराज भट्ट / अर्थ सरोकार सुदुरपश्चिम ब्युरो
डडेल्धुरा । विश्व माहामारिकाे रुपमा रहेकाे नाेबाेल काेराना भाईरसको त्रासका कारण अहिले देशभर लकडाउन गरिएको छ । तर डढेलधुरामा रहेको राष्ट्रिय वाणिज्य बैंकले भनेभाइरस संक्रमणको कुरामा ध्यान नदिएको पाइएको छ । सरकारले लकडाउन आह्वान गरेसँगै स्थानीय प्रशासनले बैंकसमेत बन्द गर्न आदेश दिएपनि एटिएमहरु भने खोल्न अनुमति दिएको थियो । 
यसो त जिल्लाका केहि बैंकहरुले हात धुनका लागि साबुनपानीकोसमेत व्यवस्था गरेका छन् । ग्लोबल आइएमइ बैंकले साबुन पानीको व्यवस्था गरिदिएको छ । महालक्ष्मी बैंकले पनि सेनिटाईजरको व्यवस्था गरिदिएको छ । नेपाल एसबिआइ बैंक र लक्ष्मी बैंकले पनि सेनिटाईजरको व्यवस्था गरेका छन् । तर सारकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको भने स्थिति निकै डरलाग्दो छ ।    
‘असुरक्षित एटिएम प्रयाेग गर्न आफैंलाई डर लाग्यो । त्यसैले अन्य बैंकको मेशिन प्रयोग गरें ।’ डडेल्धुराका स्थानीय सन्ताेष भट्ट भन्छन्, ‘अहिले अरु बैंकको एटिएम प्रयोग गर्दा पनि पैसा नलाग्ने रहेछ । यस्तो बेलामा सेनिटाईजर् नभएको, साबुन पानी नभएको राष्ट्रिय वाणिज्य बैंकको एटिएम प्रयोग नगर्दा नै ठिक मानें ।’ उनले भने ।
यता राष्ट्रिय वाणिज्य बैंक डडेल्धुरा शाखाका उप-प्रमुख शिवराज जोशीले भने हिजाेसम्म सेनेटराईजरकाे ब्यवस्था गरेकाे र बजार बन्द रहेकाले बजारमा नपाएकाले आज व्यवस्था हुन नसकेको जवाफ दिए ।  ‘हामी बजारमा खाजेर सेनिटराईजरकाे ब्यबस्था छिट्टै गर्नेछाै ।’ उनले भने । 
सुदुरपश्चिममा कोरोना संक्रमितहरुको संख्या बढीरहेका बेला सरसफाईको ध्यान नदिने बैंकहरुले  आफ्ना ग्राहकको स्वास्थ्यमाथि गम्भीर लापरवाही गरिरहेको घटनालाई सामान्य मान्न सकिंदैन । संक्रमणका बेला यस्तो लापरवाही गर्नेहरुमाथि नियामकको ध्यान जान जरुरी छ ।  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: