- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सनसिटी अपार्टमेन्टमा बस्ने सबैको कोरोना भाइरस परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । उक्त अपार्टमेन्टमा बस्ने सबैको बुधबार बिहान साढे नौ बजेबाट र्यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट परीक्षण सुरु गरिएको थियो ।
मंगलबार सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका २ जनामा कोरोनाको पुष्टि भएसंगै आज सबैको परिक्षण थलिएको थियो ।
हाल नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ जसमा १ जना भने निको भईसकेका छन् ।