काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्सको चैत्र २० गतेदेखि निष्काशन हुने हकप्रद शेयर स्थगित भएको छ । कम्पनीले बिहिबार एक सूचना जारी गर्दै कोरोना माहामारीका कारण देश लकडाउनको अवस्थामा भएकाले हकप्रद निष्काशन स्थगित गरिएको जनाएको छ ।
कम्पनीले २०७६ फागुन २२ गते हकप्रद शेयर निष्काशनको लागि बुक क्लोज कायम गरेको थियो । हकप्रद निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापीटल रहेको छ । कम्पनीले एक बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित दरका ९३ लाख ८५ हजार २ सय कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले अर्को सूचना जारी गरेपछि मात्र हकप्रद शेयर निष्काशन तथा विक्री खुला हुनेसमेत कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्