×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेठ २ गतेसम्म आन्तरिक तथा बाह्य हवाई उडान स्थगित गर्ने सरकारको निर्णय

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

जेठ २ गतेसम्म आन्तरिक तथा बाह्य हवाई उडान स्थगित गर्ने सरकारको निर्णय

१४ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आन्तरिक एवम् वाह्य हवाई उडान सेवा जेठ २ गतेसम्मका लागि स्थगित हुने भएको छ । उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित नै राख्ने निर्णय गरेको बताइएको हो ।
यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई सेवा बन्द गर्ने निर्णय भएको थियो । अब भने जेठ २ गतेसम्म पनि बन्द नै लकडाउनको बारेमा भने आइतबार (आज)को मन्त्रिपरिषद्को बैठकले नै निर्णय गर्ने बताइएको छ ।
शनिबारको बैठकमा लकडाउनको प्रभाव र कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरुको विषयमा बैठकमा समिक्षा भएपनि समय थप्ने वा खुकुलो बनाउने भन्ने विषयमा केही निर्णय नभएको बताइएको छ । प्रदेशहरुलाई समन्वय गर्ने मन्त्रीहरुको समेत सहभागिता रहेको समिति बैठकमा अहिलेसम्म भएका कामहरुको समिक्षा भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: