Skip to content
LAXMI SUNRISE BANK

‘देशभर ५८ हजार बढी व्यक्तिको कोरोना परिक्षण सकियो’ : स्वास्थ्य मन्त्रालय

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार नयाँ कोरोना संक्रमित फेला नपरेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार समेल्लनमार्फत हालसम्म नेपालमा ५७ जना संक्रमित फेला परेको जनाएको छ । यस्तै १६ जना निको भइसकेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकी ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने  सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । हालसम्म १२ हजार ११ जनाको पीसीआर परीक्षण र ४६ हजार ८६० जनाको आरडीटी परीक्षण गरिएको पनि सकिएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
प्रदेश १ मा ४९८५, प्रदेश २ मा ५४५६, बागमती प्रदेशमा ८३६१, गण्डकी प्रदेशमा ५४११, प्रदेश ५ मा ३७९९, कर्णाली प्रदेशमा ५४३६ र सुदूरपश्चिम प्रदेशमा १३४११ जनाको आरडीटी परीक्षण गरिएको छ । हाल क्वारेन्टाइनमा २३ हजार ३३६ रहेका छन् भने ८० जना आइसोलेसनमा रहेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK