
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा संघीय संसद् सचिवालयले एक करोड एक लाख ३२ हजार ८०० जम्मा गरेको छ । मंगलबार (आज) उक्त रकम जामा गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।
उक्त कोषमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समान ६७ हजार ३२० जम्मा गरेका छन् । यस्तै राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले ७० हजार ७३० जम्मा गरेकी छिन् भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलका तर्फबाट १९५ जना सांसदको ६३ लाख दुई हजार ५९० कोषमा जम्मा गरिएको छ ।
संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवको ६४ हजार ७०, राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलको ३२ हजार ३५ कोषमा जम्मा गरिएको छ । सभामुख, अध्यक्ष तथा सांसदको निजी सचिवालयका कर्मचारीको २१ लाख ४६ हजार ८५६, सचिवालयका स्थायी कर्मचारीको११ लाख १७ हजार ९७९, करारका कर्मचारीको दुई लाख ६३ हजार ९०० जम्मा गरिएको छ ।
कोषका हालसम्म एक अर्ब ८३ करोड ७७ लाख ८० हजार ६२० बराबरको रकम जम्मा भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्