
- रासस
काठमाडौँ – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आजदेखि प्रदेश राजधानी हेटौंडाबाटै कोरोना भाइरसको परीक्षण गरिने बताउनुभएको छ । आज सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको ल्याबबाट आज बिहान १० बजेदेखि संकलित नमूनामा कोरोना संक्रमण परीक्षण गरिने तयारी सकिएको बताउनुभएको हो । उहाँले सो ल्याबबाट प्रत्येक दिन ७५ वटा सम्म नमूनाहरु परीक्षण गर्न सकिने उल्लेख गर्दै ल्याबका आवश्यक सबै सामग्री र जनशक्ति हेटौंडा आइपुगीसकेको र मेसिनहरु जडान गर्ने कार्य सकिएको जानकारी दिनुभयो ।
मुख्यमन्त्री पौडेलले संसार कोरोनाको त्रास भइरहेको बेला नेपाल सरकारले चालेको दुरदर्शी तथा सबैभन्दा प्रभावकारी कदमका कारण देशमा कोरोना भित्रिएर पनि फैलनबाट भने उल्लेख गर्नुभयो । “हामीलाई विश्वास छ देशमा भएका सबै कोरोनाका संक्रमितहरु केहीदिन भित्र स्वास्थ्य लाभ गरी फर्कनेछन् र फेरी एक पटक हामी कोरोना भाइरसलाई नेपाली माटोबाट विदाई गर्ने छौं” सन्देशमा उल्लेख छ ।
पौडेलले सन्देशमा विदेशबाटै कोरोना संक्रमित भएर आएका बाहेक स्वदेशमा कसैलाई पनि संक्रमण फैलन नदिनुलाई कसैको कृपासंग जोडेर हेर्नु भनेको नेपाली स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अहोरात्र खटिएका सरकारका विभिन्न निकायका व्यक्तित्वको योगदानको अवमूल्यन गर्नु हो भन्नुभएको छ । “कुनैपनि बेला कोरोना फैलनसक्ने सम्भावना जिवित नै छ । छिमेकी देश भारतमा नेपालको सिमासम्म कोरोना फैलिसकेको अवस्थामा हामी सचेत र सावधान हुनु आवश्यक छ । प्रदेश सरकारले प्रदेशमा कोरोना संक्रमण फैलन नै नदिनेगरी तयारी गरेको छ र यदि फैलिहाले त्यसलाई नियन्त्रणमा लिन सम्पूर्ण तयारी सकिएको जानकारी गराउँदछांै” मुख्यमन्त्री पौडेलले सन्देशमा उल्लेख गर्नुभएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्