×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालय एयरलाइन्सको सामाजिक कार्य : कोरोना कोषमा १ करोड सहयोग

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

हिमालय एयरलाइन्सको सामाजिक कार्य : कोरोना कोषमा १ करोड सहयोग

Artha Sarokar

१ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । हिमालय एयरलाइन्सले सरकारले स्थापना गरेको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण, रोकथाम तथा उपचार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ । आइतबार एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले १ कडोर रुपैयाँको चेक पर्यटनमन्त्री योगेश भट्टराईलाई हस्तान्तरण गरेका हुन् ।
हिमालय एयरलाइन्सका वरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठका अनुसार सरकारले स्थापना गरेको राहत कोषमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको हो । नेपाली र चिनियाँ संयुक्त लगानीमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्सले मलेसियाको क्वोलालम्पुर, साउदी अरबको दमाम, युएईको अबुधाबी, दुबई, बंगलादेशको ढाका, कतारको दोहा र चीनका पाँच सहरमा उडान गर्दै आएको छ।
हिमालयसँग एयरबस ए–३२० सिरिजका १५८ सिट क्षमताका तीन वटा विमान र १२८ सिट क्षमताको ए–३१९ गरि चारवटा विमान रहेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी