
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन हिमालय एयरलाइन्स चीनको ग्वान्जाओ तर्फ उड्ने भएको छ । हिमालयको न्यारोबडी जहाज आज साँझ ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ग्वान्जाओ उड्ने तालिका रहेको विमानस्थलले जनाएको छ ।
हिमालयको जहाज ग्वान्जाओबाट स्वास्थ्य सामग्री लिएर सोमबार काठमाडौँ आइपुग्नेछ । लकडाउनको अवस्थामा चीनको ग्वान्जाओबाट स्वास्थ्य मन्त्रालय तथा विभिन्न व्यवसायीले जहाज चार्टर्ड गरी स्वास्थ्य सामग्री ल्याइरहेका छन् । नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानीको हिमालयले चीनको बेइजिङ र छोङ्गिनसहित अन्य मुलुकका नौ गन्तव्यमा उडान भर्दै आएको छ ।
यसअघि चैत १६ र २० गते नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी जहाजले चार्टर्ड उडानमार्फत ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याइएको थियो । पछिल्लोपटक गत वैशाख ५ गते निगमका दुई वाइडबडी जहाजले ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्