
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ । कोरोनाको कारण आफ्नो व्यवसाय गम्भीर जोखिम र समस्यामा परेको भन्दै होस्टल व्यवसायीहरूले सरकारसँग सहयोग माग गरेका छन् । राष्ट्र बैङ्कले महामारीको कारण समस्यामा परेका व्यवसायको सूचिमा होस्टल व्यवसाय समावेश नगरेपछि अर्थमन्त्री डा. युवराज खतिवडा समक्ष नेपाल होस्टल एसोसिएसनले माग पत्र पेस गरेको हो । आज वैशाख १८ गते आफ्नो आठौँ वार्षिक उत्सव मनाइरहेको एसोसिएसनले सरकारलाई बुझाएको माग पत्रमा घर भाडा छुटको लागि सरकारबाट समन्वयको अपेक्षा गरिएको छ ।
अध्यक्ष भक्ति प्रसाद पाठक र महासचिव रुपाली पौडेलद्वारा हस्ताक्षरित सो पत्रमा लेखिएको छ, ‘व्यवसायीलाई सर्वाधिक गाह्रो परेको घर भाडा सम्बन्धी विषयमा राज्यको तर्फबाट आम होस्टल व्यवसायीका घरधनीलाई भाडा छुटको लागि सरकारद्वारा आव्हान गरिदिनुहुन समेत विशेष अनुरोध गर्न चाहन्छौ ।‘
त्यसैगरी काठमाडौँ उपत्यका जस्तो महँगो सहरमा समेत औसतमा ८ हजार ५ सय मासिक शुल्क लिएर शैक्षिक वातावरण सहित गाँस र बासको व्यवस्था गर्ने क्रममा यो व्यवसायले लगभग नाफा रहित ढङ्गले सेवा प्रदान गर्दै आएको दाबी एसोसिएसनले गरेको छ। मागपत्रमा होस्टल व्यवसायलाई जोगाउन र यसले पुर्याउँदै आएको सेवालाई पुनर्स्थापित गर्न सरकारले तयार गर्ने राहत उपलब्ध गराउनु पर्ने व्यवसायको सूचीमा होस्टल व्यवसायलाई समेत समावेश गर्न अनुरोध गरिएको छ।
होस्टल व्यवसायलाई समेत सुलभ ऋण प्राप्त हुने व्यवस्थाका लागि अर्थमन्त्रीको सो माग पत्रमा ध्यानाकर्षण गराइएको छ । होस्टल व्यवसायीहरूले आफूलाई घर बहाल छुट दिने घरबेटीलाई समेत राज्यले असुल गर्ने कतिपय करमा छुट गरिदिन समेत सरकारसँग अनुरोध गरेको छ । देशभर १२ सय भन्दा बढी होस्टल रहेका छन् । होस्टलमा व्यवशायीहरुको सवा अर्व भन्दा बढी लगानी रहेको छ। यसले ६० हजार भन्दा बढी सेवाग्राहीलाई सुलभ आवास र खानपानको व्यवस्था गर्दै आएको एसोसिएसनले जनाएको छ। यो व्यवसायले १० हजार भन्दा बढीलाई रोजगारको अवसर समेत प्रदान गरेको एसोसिएसनको दाबी रहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्