×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोन अपडेट: भारतमा ज्यान जानेको संख्या नौ सय नाघ्यो, महाराष्ट्रमा मात्रै आठ हजार पाँच सय ९० जना संक्रमित

LAXMI SUNRISE BANK

कोरोन अपडेट: भारतमा ज्यान जानेको संख्या नौ सय नाघ्यो, महाराष्ट्रमा मात्रै आठ हजार पाँच सय ९० जना संक्रमित

१६ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – भारतमा दिनानुदिन कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। भारतमा अहिलेसम्म नौ सय बढीको मृत्यु भइसकेको छ । भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा थप ६२ जनाको मृत्यु भएको हो । यस संगै ज्यान गुमाउनेको संख्या नौ सय ३४ पुगेको छ । साथै संक्रमितको संख्या पनि २९ हजार चार सय ३५ पुगेको छ ।
भारतमा अहिलेसम्म सबै भन्दा बढी प्रभावित राज्य महाराष्ट्र रहेको छ महाराष्ट्रमा तीन सय ६९ जनाको मृत्यु भइसकेको छ भने आठ हजार पाँच सय ९० जना संक्रमित छन् । त्यस्तै गुजरातमा अहिलेसम्म एक सय ६२ जनाको मृत्यु भइसकेको छ । मध्यप्रदेशमा पनि एक सय १० जनाको मृत्यु भएको छ । 
भारतको उत्तर प्रदेशमा अहिलेसम्म एक हजार नौ सय ५५ जनामा यो भाइरसको संक्रमण देखिँदा ३१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै बिहारमा तीन सय ४५ जनामा यो भाइरसको संक्रमण देखिएको छ भने दुई जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा ६ हजार आठ सय ६९ संक्रमित निको भएर घर फर्किसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी