
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आइसीएफसी फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवतरण प्रकाशित गरेको छ । फाइनान्सको तेस्रो त्रैमासमा आईपुग्दा नाफा २.०१ प्रतिशतले घटेको छ । गत आवको तेस्रो त्रैमासमा १० करोड ९५ लाख ७६ हजार ७६४ रुपैयाँ नाफा आर्जत गरेको फाइनान्सले य अवधिमा १० करोड ७३ लाख ७० हजार १९१ रुपैयाँ नाफा आर्जन गरेको छ ।
नाफामा गिरावट आएपनि खुद ब्याज आम्दानीमा भने कुनै असर परेको छैन । फाइनान्सले गत आवको तेस्रो त्रैमासमा २६ करोड ७० लाख २५७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो भने यो अवधिमा आईपुग्दा ३२ करोड ७१ लाख ८३ हजार ५२५ रुपैयाँ आर्जन गरेको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
गत आवको तेस्रो त्रैमासमा १५ करोड ६३ लाख ३५ हजार ९१२ रुपैयाँ सञ्चालन मुनाफा गरेको यस फाइनान्सको यस अवधिमा आईपुग्दा १५ करोड २९ लाख ९५ हजार ५२० रुपैयाँमा सिमित भएको छ । ९२ करोड ६५ लाख २ हजार रुपैयाँ पुँजी रहेको फाइनान्सको जगेडा कोषमा २७ करोड २९ लाख ८९ हजार ६९३ रुपैयाँ रहेको छ ।
प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४५ पैसा रहेको फाइनान्सको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ रहेको छ । ११ अर्ब ६२ करोड ४४ लाख २३ हजार ९२२ रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले ९ अर्ब ७ करोड ५० लाख ६५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्