- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – कोरोना भाइरस (कोभिड-१९)का कारण छिमेकी राष्ट्र भारतमा ज्यान गुमाउनेको संख्या ४ सय २३ पुगेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार हालसम्म संक्रमितको संख्या १२ हजार ४ सय ५६ पुगेको छ । जसमध्ये महाराष्ट्रमा मात्रै तीन हजार भन्दा बढी संक्रमितको संख्या पुगिसकेको जी न्यूजको दाबी छ ।
यसैबीच एक हजार पाँच सय १३ निको भइसकेका छन् । हालसम्म भारतमा १ हजार ९ सय ३६ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन् । यस्तै विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ३५ हजार नाघेको छ । झन्डै २१ लाख मानिस कोरोना संक्रमित छन् भने ५ लाख बढी निको भइसकेको छन् ।