
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – भारतमा कोरोना भाइरसका कारण १४ महिने बच्चाको पनि मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार तेलंगानामा २३ दिनका शिशु पनि संक्रमित भेटिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या बुधबार १२ बजेसम्म ५ हजार नाघेको छ मृतकको संख्या १ सय ५० नाघेको छ । पछिल्लो एक हप्तामा भारतमा संक्रमितको संख्या दोब्बर बढेको छ। भारतमा अप्रिल २ तारेखसम्म संक्रमितको संख्या २५ सय ८० थियो।
यस्तै मंगलबार महाराष्ट्रमा मात्र १ सय ५० संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यले जनाएका छन्। योसँगै यहाँ संक्रमितको संख्या १ हजार पुगेको छ। दिल्लीमा ५ सय ७६ जनामा संक्रमण भेटिएको छ भने मृतकको संख्या ९ पुगेको छ। दिल्लीमा मंगलबार थप २ जनाको मत्यु भएको छ। दिल्लीमा ३५ जना गम्भीर अवस्थाका बिरामी छन्।
तेलंगानामा मंगलबार २३ दिनको शिशुसहित थप ४० नयाँ सक्रमित भेटिएका छन्। यहाँ संक्रमितको संख्या ४ सय ४ पुगेको छ। गुजरातमा मंगलबार थप ३ जनाको मृत्यु भएसँगै मृतकको संख्या १६ पुगेको छ।
यस्तै महाराष्ट्रमा मंगलबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ पुगेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार तालिमनाडुमा ६९, मध्ये प्रदेशमा ६३, दिल्लीमा ५१, राजस्थानमा ४२, तेलंगानामा ४० र हरियाणामा ३३ नयाँ संक्रमित भेटिएका छन्। उत्तर प्रदेशमा अहिलेसम्म ३ सय ५ व्यक्ति संक्रमित, ३ को मृत्यु तथा बिहारमा ३२ जना संक्रमित र १ व्यक्तिको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्