×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना कहर : भारतमा पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु, १५ हजार बढी संक्रमित

LAXMI SUNRISE BANK

कोरोना कहर : भारतमा पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु, १५ हजार बढी संक्रमित

७ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसले भारतमा पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । यो संगै भारतमा मृत्यु हुनेको संख्या पाँच सय ७ पुगेको स्वास्थ्य मन्त्रालय जनाएको छ । अघिल्लो दिनको तुलनामा भने भारतमा यसबाट मृत्यु हुनेको संख्यामा कमी आएको हो ।
तर, संक्रमितको संख्या भने अघिल्लो दिनको तुलनामा बढेका छन् ।  पछिल्लो २४ घण्टामा भारतमा एक हजार तीन सयभन्दा धेरै नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा समग्र संक्रमितको संख्या पनि १५ हजार सात सय १२ पुगेको छ ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म दुई सय ११ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै मध्यप्रदेशमा ७०, गुजरातमा ५३, दिल्लीमा ४२ जनाको मृत्यु भएको छ ।
भारतको उत्तर प्रदेशमा अहिलेसम्म नौ सय ६९ संक्रमित देखिएका छन् भने १४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै बिहारमा ८६ संक्रमित देखिएका छन् भने दुईजनाको मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा दुई हजार दुई सय ३१ संक्रमित निको भइसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी