
काठमाडौँ -भारत सरकारले एक महिनाको लकडाउनपछि साना पसलहरू खोल्न अनुमति दिएको छ । शुक्रबार लकडाउनको एक महिनापछि गृह मन्त्रालयले शनिबारदेखि साना पसलहरू खोल्न अनुमति दिएको हो।
भीड नियन्त्रण गर्न पसलमा आधा कर्मचारीमात्रै राख्न अनुमति दिइएको हो। साथै कर्मचारीले अनिवार्य रूपमा मास्क लगाउनु पर्ने र भौतिक दूरी कायम गर्नुपर्ने भनिएको छ। सपिङ मल, रक्सी पसल तथा अन्य व्यापार खोल्न भने अनुमति दिएको छैन। गृह मन्त्रालयको निर्णय दिल्ली सरकारले कार्यान्वयन गरिसकेको छ।
भारतमा लाखौं मानिसहरू दैनिक उपोभोग्य सामग्रीका लागि स्थानीय पसलमा निर्भर छन्। भारतमा कोरोनाभाइरसको संक्रमण फैलिन नदिने गत मार्च २५ देखि देशव्यापी लकडाउन गरिएको थियो। लकडाउन भए पनि भारतमा कोरोना संक्रमित भने बढेका बढ्यै छन्।
भारतमा अहिले कोरोना भाइरस संक्रमितको संख्या २६ हजार नाघेको भने आठ सयभन्दा बढीको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ। यता नेपालमा पनि लकडाउनबारे आज निर्णय हुँदैछ । -एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्