काठमाडौँ – भारतमा कोरोना संक्रमितसंगै ज्यान गुमाउनेको संख्या पनि बढ्दै गइरहेको छ । अहिलेसम्म भारतमा कोरोनाको संक्रमण का कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ पुगेको छ ।
भारत सरकारको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७० बढीको मृत्यु भएको छ । साथै संक्रमित ३१ हजार ३ सय ३२ पुगेको छ । भारतमा ७ हजार ६ सय ९५ संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । – एजेन्सी