×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्डानेसियामा सरकारको नियम मिच्दै सर्वसाधारण, कोरोना नलाग्ने भन्दै रमजानमा सयौंको भेला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

इन्डानेसियामा सरकारको नियम मिच्दै सर्वसाधारण, कोरोना नलाग्ने भन्दै रमजानमा सयौंको भेला

Artha Sarokar

१२ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । इन्डानेसियामा सरकारले कोरोना भाइरस नियन्त्रणको लागि लगाएको नियम मिच्दै सयौं मानिस रमजानका लागि भेला भएका छन् । इन्डोनेसियाको अचे प्रान्तमा सयौंको संख्यामा मानिसहरु बिहीबार रमजान मनाउन भेला भएका हुन् । यो प्रान्तलाई इन्डोनेसियाको सबैभन्दा धेरै अन्धविश्वास व्याप्त भएको प्रान्त मानिन्छ । बिहीबार रमजान मनाउने क्रममा मानिसहरुले कुममा कुम जोडेर प्रार्थना गरेका थिए । साँझको समयमा गरिने यस किसिमको प्रार्थनालाई तरावीह भनिन्छ । उनीहरु यो प्रार्थनाको लागि बैतुररहमान ग्राण्ड मस्जिदमा भेला भएका थिए । यहाँ सहभागी भएका केही मानिसले मात्र मास्क लगाएका थिए ।
यो प्रार्थनामा सहभागी एक सिती रमजानले आफूहरु कोरोना भाइरसको महामारी छिटै अन्त्य होस् भनी अल्लाहसँग प्रार्थना गरिरहेको बताए । उनले आफूहरुले गरेको प्रार्थना अल्लाह पनि सुनेर त्यसको जवाफ दिने आफ्नो विश्वास रहेको पनि उनले सुनाए । पछिल्लो समय विश्वभर बढीरहेको भाइरसको महामारी रोक्न इन्डोनेसियाको सरकारले सबै किसिमको भेलामा रोक लगाएको छ । -अलजजीरा
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी