- अर्थ सरोकार सम्बाददाता
 
काठमाडौं । कोरोना बीमा २० वटै निर्जीवन बीमा कम्पनीहरुबाट गर्न सकिने भएको छ । कोरोनाको बीमालेख बिमितहरुले आइएमई पेमार्फत घरमै बसेर खरीद गर्न सक्नेछन् । आज बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले कोरोना भाइरस (कोभिड–१९) रोग सम्बन्धी पहिलो बीमालेख खरिद गरी औपचारीक सुरुवात गरेका हुन् । यस्तै समितिले यस बीमा योजनालाई प्रभावकारी बनाउन जिल्ला तोकिदिएको छ । समितिले निर्जिवन बीमा कम्पनीहरुलाई जिल्ला तोकेर कोरोना भाइरस बीमा गर्न निर्देशन दिएको हो ।
- नेपाल इन्स्यारेन्स- कम्पनीले दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरराष्ट्रिय बीमा कम्पनी- बझाङ, डोटी र कैलाली
 - युनाइटेड इन्स्योरेन्स कम्पनी- हुम्ला, बाजुरा र अछाम
 - एभरेष्ट इन्स्योरेन्स कम्पनी कालिकोट, दैलेख, सुर्खेत र बर्दिया,
 - सगरमाथा इन्स्योरेन्स कम्पनीले मुगु, जाजरकोट र जुम्ला,
 - एनएलजी इन्स्योरेन्सले डोल्पा, पश्चिम रुकुम, सल्यान र बाँके,
 - प्रभु इन्स्योरेन्सले मुस्ताङ, म्याग्दी, बाग्लुङ र स्याङ्जा,
 - सिद्धार्थ इन्स्योरेन्स मनाङ, कास्की, पाल्पा र रुपन्देही
 - प्रुडेन्सियल इन्स्योरेन्सले गोरखा, लमजुङ, तनहुँ, परासी,
 - शिखर इन्स्योरेन्सले चितवन, मकवानपुर, धादिङ र नुवाकोट,
 - हिमालयन जनरल इन्स्योरेन्सले सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर र बारा,
 - प्रिमियर इन्स्योरेन्स कम्पनीले दोलखा, रामेछाप, सिन्धुली र सर्लाही
 - आइएमई जनरल इन्स्योरेन्सले सोलुखुम्बु, ओखलढुङ्गा, महोत्तरी, धनुषा,
 - लुम्बिनी जनरल इन्स्योरेन्स सङ्खुवासभा, भोजपुर, खोटाङ र उदयपुर,
 - नेको इन्स्योरेन्सले ताप्लेजुङ, पाँचथर, इलाम र झापा,
 - दि ओरिइण्टल इन्स्योरेन्सले धनकुटा, सुनसरी, तेह्रथुम र सप्तरी,
 - नेशनल इन्स्योरेन्सले रोल्पा, प्यूठान, दाङ र अर्घाखाँची
 - सानिमा जनरल इन्स्योरेन्सले कपिलवस्तु, नवलपुर र मोरङ,
 - जनरल इन्स्योरेन्स कम्पनी रसुवा, सिराहा र पर्सा,
 - अजोड इन्स्योरेन्सले गुल्मी, पर्वत, पूर्वरुकुम र रौतहट
 - काठमाडौँ भक्तपुर र ललितपुरमा सबैलाई अधिकार
 





						







