- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले निष्काशन गरेको आइपिओ बुधबार बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक आरबिबि मर्चेन्टले बुधबार बिहान ७:३० बजे आईपिओ बाँडफाँड गरेको हो । आईपिओमा कुल ३ लाख ९१ हजार ६ सय २६ जनाले आवेदन दिएका थिए भने त्यसमध्ये ९ सय ८८ जनाको आवेदन रद्द भएको छ । बाँकि रहेका ३ लाख ९० हजार ६ सय ३८ योग्य आवेदकलाई शेयर बाँडफांड गरिएको हो । जस अनुसार १० कित्ताको लागि आवेदन दिने २७ हजार ७ सय ४८ जनाले १० कित्ता नै शेयर पाएका छन् । २० कित्ताको लागि आवेदन दिने १५ हजार ५ सय ९० जनाले २० कित्ता नै शेयर पाएका छन् ।
क्यापिटलले दिएको जानकारी अनुसार ७७ हजार २ सय ४५ जनाले अधिकतम ५० कित्ता शेयर पाएका छन् ।नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस