
काठमाण्डौ । महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको खोप बनाउन यतिबेला विश्वभरका वैज्ञानिकहरु लागिपरेका छन् । तत्काललाई कोरोनाबाट बच्न सामाजिक दूरी बनाउनु र सावधानी अपनाउनुको उत्तम विकल्प छैन । तर कतिपय मानिसहरु विभिन्न माध्यमबाट फैलिएका अफवाह र हल्लाका पछाडि लागेर कोरोनाबाट बच्ने भन्दै खतरापूर्ण हर्कतहरु गर्न पछि पर्दैनन्।
इरानमा पनि यस्तै हल्ला र अफवाहका पछाडि लाग्दा एउटा दुखद घटना घटेको छ। इरानमा मिथाइल (अल्कहल) पिउँदा कोरोना संक्रमण हुँदैन भनेर अफवाह फैलिएको थियो । जसलाई साँचो ठानेर सर्वसाधारणले पिउँदा करिब ७०० भन्दा धेरै मानिसहरुको मृत्यु भएको छ।
इरानको स्वास्थ्य मन्त्रालयका सल्लाहकार हुसेन हसैनियनका अनुुसार विषाक्त मिथाइल पिएर करिब २०० जनाको मृत्यु अस्पताल बाहिर नै भएकाले अलगअलग माध्यमबाट भएको मृत्युको आँकडामा अन्तर देखिएको हो। गत वर्षको अप्रिल महिनाको सरकारी आँकडा हेर्दा यो वर्ष इरानमा मिथाइल पिएको घटनामा १० गुणाको बढोत्तरी आएको छ।
कोरोनाबाट बच्ने भन्दै इरानमा यतिबेला विषाक्त मिथाइल पिउनेको संख्या ह्वात्तै बढेको छ। इरानको सरकारी आँकडाका अनुुसार २० फेब्रुअरी देखि ७ अप्रिलको बीचमा ७२८ इरानी नागरिकको विषाक्त मिथाइलका कारण मृत्यु भएको छ। इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता किन्यौस जहानपुरका अनुसार विषाक्त मिथाइलका पिएका कारण ५२५ जनाको मृत्यु भएको छ। जहानपुरका अनुुसार मिथाइलका कारण ५०११ जनाको स्वास्थ्य अवस्था बिग्रीएको थियो।
यतिबेला इरानमा ४० वटा मदिराका कारखानाहरु रहेका छन्। तर यी सबै कारखानाहरुले यतिबेला मदिराको साटो सेनिटाइजर र कोरोना भाइरससँग जुध्न चाहिने अन्य सामग्रीहरु उत्पादन गरिरहेको छ। – एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्