एजेन्सी – इटालीको भारेसस्थित अस्पतालमा आजभाेलि कोरोना भाइरसबाट संक्रमित बिरामीको स्वास्थ्य अनुगमन रोबोटले गर्न थालेको छ ।
कोरोना भाइरसबाट उच्च रूपले संक्रमित बिरामीलाई राखिएको वार्डमा नयाँ तथा चम्किलो रोबोट प्रवेश गरी ‘लाइफ सपोर्ट’ दिएर राखिएका ती बिरामीको मुटुको चाल होसियारीपूर्वक अध्ययन गर्छ ।
‘द लोकल’ नामक इटालियन अनलाइन समाचारपत्र लेख्छ, ‘डाक्टर र नर्सहरूले पनि रोबाेटलाई माया गर्छन् किनभने उसले उनीहरूको पनि जीवन सुरक्षा गरिदिएको छ ।’
इटालीवासीलाई के थाहा छ भने कोरोना भाइरसको महामारीका कारण सारा विश्वमा नै लकडाउन जारी रहेको र सामाजिक दूरी कायम गरिएकाेले बाहिरी संसार उनीहरूको वास्ता गर्न सक्ने स्थितिमा छैन । यस्तोमा कोरोना संक्रमितहरूको उपचारमा संलग्न चिकित्सक र नर्सहरूकै मृत्यु भएको छ । कोरोना भाइरसको केन्द्र बनेको पश्चिमी इटलीको कतिपय संक्रमित व्यक्तिहरूले जीवन गमाउनुपरेको घटनाले उनीहरूलाई थप पीडा दिएको छ ।
इटालीको मेडिकल एसोसिएसनले गत शुक्रबार दिएको जानकारीअनुसार त्यसवेलासम्म इटालीमा कम्तीमा पनि ७० जना स्वास्थ्यकर्मीको कोरोना भाइरस संक्रमणलगायत अन्य कारणले निधन भइसकेको छ । यो तथ्यांक २१ फेब्रुअरीमा इटालीमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएयताको हो ।
७० वर्षभन्दा बढी उमेरका जति नागरिकको निधन इटालीमा कोरोना भाइरसको संक्रमणका कारण भयो, यदि सुरक्षाको यथोचित व्यवस्था गर्न सकिएको भए त्यसमध्ये ठूलो संख्यालाई बचाउन सकिन्थ्यो भन्ने विश्वास त्यहाँका नागरिकमा छ ।
यस्तो स्थितिमा भारेस अस्पतालले मानव आकृतिजस्तै देखिने ६ वटा पाङ्ग्रावाल मेसिन प्राप्त गरेपछि त्यसले नयाँ उत्साह थपेको छ । रोबाेटलगायतका यी सामग्री अस्पतालले प्राप्त गरेपछि त्यहाँ भर्ना गरिएका युवा उमेरका कोरोना संक्रमित बिरामीहरूको मुहारमा खुसी देखिन थालेको अनुभव त्यहाँ कार्यरत चिकित्सकहरूले पनि गर्न थालेको छ । यद्यपि, रोबाेटलगायतका ती साधन चिकित्सकहरूको जीवन सुरक्षा होस् र कोरोना भाइरसको विस्तार नहोस् भनेर अस्पतालमा ल्याइएका हुन् ।
बिरामीको निगरानी गर्न जाने रोबाेटबाट प्राप्त हुने सूचना चिकित्सकहरूले छुट्टै कोठामा स्क्रिनमार्फत अध्ययन गर्न सक्छन् । यसले गर्दा उनीहरू बिरामीको नजिक पुगिरहनै पर्दैन । कोरोना संक्रमण हुन सक्ने जोखिमबाट जोगिन्छन् ।
‘यी रोबाेटहरू थकाइविना काम गर्न सक्ने हाम्रा सहयोगी हुन्, किनभने यिनीहरू कोरोना भाइरसबाट संक्रमित पनि हुँदैनन्, यसकारण हामीलाई पनि काम गर्न सहज भएको छ’, सिर्कालो अस्पतालका सघन उपचार कक्षका निर्देशक फ्रान्सेस्को डेन्टाली भन्छन्, ‘उपचारमा संलग्न डाक्टर र नर्सहरू कोरोना भाइरसबाट संक्रमित भइरहेको स्थितिमा संक्रमणले छुन नसक्ने रोबोट प्राप्त हुनु हाम्रा लागि ठूलो उपलब्धि हो ।’
इटाली कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा धेरै जीवन गुमाउने मुलुकमध्ये पहिलो नम्बरमा छ । कोरोना भाइरसको संक्रमणबारे नियमित रूपमा तथ्यमूलक तथ्यांक दिँदै आएको वल्ड्रोमिटरका अनुसार सोमबार साँझसम्म त्यहाँ कोरोना भाइरसको संक्रमणबाट १५ हजार आठ सय ८७ जनाले ज्यान गुमाइसकेका छन् भने एक लाख २८ हजार नाै सय ४८ जना संक्रमित छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्