
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । निकै लापरवाहीपूर्वक विभिन्न अस्पतालहरुमा पुगेका जनक शर्मा पौड्यालले आफ्नो बैंकका आइटी हेड अर्थात तिलक खतिवडाले संक्रमितसँग भेटेको खबर अर्थ सरोकारले सार्वजनिक गरेपछि अन्तत: पौडेलले कोरोनाको परिक्षण गराएका छन् ।
र बुधबार उनको रिपोर्ट आयो- नेगेटिभ । यसले उनी सुरक्षित रहेको प्रमाणित भएको छ । नत्र भने सनसिटिको केस पछी उनलाई भेट्नेहरु पनि निकै डराएका थिए । नयाँ गर्भनरलाई भेटेर बधाई दिंदासमेत उनले मास्क लगाएका थिएनन् भने उनले गभर्नरसँग हातसमेत मिलाएका थिए । सबैको दबाबपछि अन्तत: उनले आफ्नो परिक्षण गराएका थिए।
‘अर्थ सरोकारले टिप्पणी गर्दै उनको स्वास्थ्यमाथि सरोकार राख्यो । अर्थ सरोकारले बैंकको आइटी हेडले कोरोना संक्रमितलाईचुनावका बेला भेटेको तथ्य सार्वजनिक गरेपछि हामीलाई पनि डर लागेको थियो ।’ बैंकका अर्का एक उच्च अधिकारीले भने, ‘पोजेटिभ आए उपचार गरौंला, नेगेटिभ आए ढुक्क भइन्छ भनेर उहाँले परिक्षण गराउनुभयो । उहाँलाई धेरै ठाउँबाट उक्त समाचारप्रति ध्यानाकर्षण भएको भन्दै परिक्षण गर्न दबाब पनि आएको थियो । अब बल्ल हामी ढुक्क भयौं ।’ ती कर्मचारीले भने ।
उनका अनुसार सीइओको विषयलाई लिएर केहि कर्मचारीले घरमा श्रीमतीको गाली खाएकोसमेत बताएका थिए। ‘सीइओसँग यस्तो बेला भेटेको भनेर श्रीमतीको समेत गाली खाइएको थियो । अब ढुक्क भइयो’ एक अर्का कर्मचारीलाई उधृत गर्दै उनले भने ।
अर्थ सरोकारका सम्पादकले उनलाई फोन नै गरेर कोरोना परिक्षण गर्न आग्रह गरेका थिए । उनकै लापरवाहीका कारण चौतर्फी जोखिम बढेको देखेपछि उनलाई राष्ट्र बैंकका उच्च अधिकारीहरुलेसमेत कुरा गम्भीर भएको भन्दै कोरोना परिक्षण गर्न आग्रह गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्