
- अर्थ सरोकार सम्बाददाता
जनकपुरधाम – दुईजना महिलाले सडकमा पैसा फ्यालेर भागेपछि स्थानीयवासी त्रसित बनेका छन् । शुक्रबार जनकपुरधाम–४ महावीर चोकमादुईजना महिलाले १० रुपैयाँको नोट छरेर भागेको स्थानीयवासीले बताएका छन्। नीलो र हरियो रङको साडी लगाएका उनीहरुले करिब सय मिटर दूरीसम्म सडक र पसलको छेउमा रुपैयाँ फ्यालेका थिए । स्थानीयका अनुसार सडकमा पैसा किन फ्यालेको भनेर सोधेपछि दुबैजना पेठिया बजारतर्फ भागेका छन्।
स्थानीयवासीकाअनुसार तीनचारजना मानिसले उनीहरुले फ्यालेको रुपैयाँ सडकबाट उठाएका छन् । त्रसित बनाएका स्थानीयहरुले तत्काल प्रहरीलाई खबर गरेका थिए । सडकमा फ्यालिएका केही नोट प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा पुगेको प्रहरी टोलीले रुपैयाँ फ्यालिएको स्थानमा सेनेटाइज गरेको छ।
सडकमा रुपैयाँ फ्याल्ने महिलाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । साथै स्थानीयवासीले दिएको सूचनाका आधारमा प्रहरीले रुपैयाँ टिप्ने व्यक्तिहरुको समेत खोजी गरिरहेको छ । नजिकै रहेको एक घरमा सीसीटीभी फुटेज नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्