Skip to content
LAXMI SUNRISE BANK

प्रदेश २मा कोरोना परीक्षण मेसिन जडान, दैनिक १० वटासम्म स्याब परीक्षण गर्न सकिने

अर्थ सरोकार

अर्थ सरोकार संबाददाता 
जनकपुर । प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोना भाइरसको परीक्षण सुरु भएको छ ।जनकपुरधाममा स्थापना गरिएको पीसीआर मेसिनबाट परीक्षण सुरु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्रप्रसाद यादवले जानकारी दिए । उनका अनुसार, मेसिन जडानसँगै प्राविधिकहरू पनि तयारी अवस्थामा बसिसकेका छन् । अब आउने शंकास्पद व्यक्तिको स्वाब लिएर यही परीक्षण गरिने उनले बताए । दैनिक १० वटासम्म स्याब परीक्षण गर्न सकिने उनले जानकारी दिए ।
मेसिन जडान गरिएपछि प्रदेश २ का सामाजिक विकासमन्त्री नवल किशोर साहले शुक्रबार बिहान निरीक्षण गरेका थिए । उनले निरीक्षण गरेसँगै मेसिन सञ्चालनमा ल्याइएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK