×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जापानमा पनि बढ्दै कोरोना संक्रमितको संख्या, ६ महिना आपतकाल घोषणा गर्ने तयारी !

LAXMI SUNRISE BANK

जापानमा पनि बढ्दै कोरोना संक्रमितको संख्या, ६ महिना आपतकाल घोषणा गर्ने तयारी !

२४ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – जापानले कोरोना भाइरस नियन्त्रणका लागि ६ महिनासम्म आपतकालको घोषणा गर्ने तयारी गरेको छ । जापानी सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री शिन्जो आबेले केही शहरमा लागु हुने गरी आपतकालीन अवस्था घोषणाको तयारी गरेका छन् । भोलि अर्थात मंगलबार जापानका प्रधानमन्त्री शिंजो आबेले राष्ट्रका नाममा सम्बोधन गर्दैछन्।
पूरै देशभर भने आपतकालीन अवस्था घोषणा लागु नहुने बताइएको छ ।  जापान सरकारले नागरिकहरुलाई घर भित्रै बस्न विशेष निर्देशन जारी गर्ने तयारी छ । तर चीन वा केही युरोपेली देशमा जस्तो देशभर लकडाउन लागु गर्ने अधिकार जापानी प्रधानमन्त्रीमा छैन । उनले अत्यावश्यक बाहेकका व्यापार व्यवसाय बन्द गर्नका लागि निर्देशन दिन सक्ने छन् । 
जापानमा आइतबार मात्रै ५५० जना नयाँ संक्रमित थपिएका छन् भने कोरोनाबाट ८ जनाको मृत्यु भएको छ। जापानमा अहिलेसम्म कोरोनाबाट ८५ जनाको मृत्यु भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी