
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – जापानमा थप १ महिना आपतकाल लम्ब्याउने तयारी गरिएको छ । जापानका प्रधानमन्त्री शिन्जो आबेले कोरोना भाइरसका कारण जारी गरिएको आपतकाललाई पुन: एक महिना थप गर्न लागेको जापानका स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । कोरोना भाइरसको संक्रमण देखिएपछि गत अप्रिल ७ मा देशका सातवटा क्षेत्रमा आपतकाल घोषणा गरिएको थियो । तर कोरोनाको संक्रमण फैलिएसँगै आपतकाललाई देशव्यापी बनाइएको थियो ।
प्रधानमन्त्री आबेले आपतकाललाई आगामी मे महिनाभर वा अर्को जुन महिनाको ६ तारिखसम्म थप गर्न सक्ने स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिहीरबार संसदमा बोल्दै प्रधानमन्त्री आबेले मुलुकको स्वास्थ्य सेवाले कठिन परिस्थितिको सामना गर्नु परिरहेको बताएका छन् । आपतकालको घोषणा कहिले गरिन्छ भन्नेमा अझै स्पष्ट भइसकेको छैन । तर प्रधानमन्त्री आबेले निर्धारित मितिभन्दा अगाबै आपतकालको घोषणा गरी द्विविधा अन्त्य गरिने बताएका छन् । उनले व्यवसाय, विद्यालय र संस्थाहरु खोल्न उपयुक्त समय आवश्यक हुने पनि बताए ।
जापानमा करिब १४ हजारमा कोरोना संक्रमण देखिएको छ भने ४१५ जनाको मृत्यु भएको छ । यता नेपालमा पनि कोरोना संक्रमितको संख्या बढेमा लकडाउनको समय थप गर्ने देखिन्छ । चैत्र ११ गतेदेखि लागि गरिएको लकडाउनको अवधि संक्रमितको संख्या बढेपछि थपिँदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्