Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार जापानले नेपालमा रहेका आफ्ना नागरिक लैजाँदै, बेलायतले पनि लाने !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – जापानले पनि नेपालमा रहेका आफ्ना नागरिक लैजाने भएको छ । नेपाल एयरलाइन्सको विमान शुक्रबार जापानी नागरिक लिएर जापान प्रस्थान गर्न लागेको नेपाल वायुसेवा निगमले जनाएको छ । विमान साँझ ८ बजे नेपालबाट जापानका लागि प्रस्थान गर्नेछ । विमान जापानको नारिता विमानस्थलमा अवतरण हुनेछ।
कोरोना भाइरसको विश्वव्यापी महामारी र निरन्तरको लकडाउनका कारण विभिन्न देशले धमाधम नेपालमा रहेका आफ्ना नागरिकहरु विमान चार्टर्ड गरेर लगिरहेका छन् । यसअघि अमेरिका, अस्ट्रेलिया, बेलायत, जर्मनी, फ्रान्स र नेदरल्यान्ड्ले नेपालबाट आफ्ना नागरिक फिर्ता लगेका छन् । सोहि अनुसार आज जापानले पनि आफ्ना नागरिक लैजाने भएको हो ।
पछिल्लोपटक बेलायतले बुधबार टाइटन एयरमार्फत आफ्ना नागरिक नेपालबाट लगेको थियो। बेलायतले नेपालमा रहेका आफ्ना बाँकी नागरिकलाई लिन शुक्रबार पनि टाइटन एयर पठाउँदै छ। सोही दिन टाइटन एयर फर्कनेछ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK