
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जापानी प्रधानमन्त्री सिन्जो आबेले मंगलबार जापानको टोकियोसहितका सात प्रान्तमा एक महिना आपतकाल घोषणा गरेका छन् । द जापान टाइम्स न्युजले उल्लेख गरेअनुसार बुधबारदेखि लागू हुने गरी उनले आपतकाल घोषणा गरेका हुन् ।
अहिले घोषणा गरिएको संकटकाल मे ६ सम्म जारी रहनेछ । सोमबार आबेले जापानमा कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको कारण जापानमा आपतकाल घोषणा गर्न लागिएको बताएका थिए ।मंगलबार आपतकालको घोषणा गर्दै आबेले आधारभूत आर्थिक गतिविधि भने यो क्रममा पनि जारी रहने बताएका छन् । आपतकालमा पनि सार्वजनिक यातायात र सुपरमार्केटहरु खुला रहनेछन् । यो क्रममा मानिसहरुलाई घरमा नै बस्न र अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ ।
जापानमा नयाँ संक्रमित देखिने क्रम बढेसँगै विशेषज्ञहरुले जापानमा उल्लेख्य मात्रामा भाइरस फैलिन सक्ने चेतावनी दिएसँगै जापानले आपतकाल घोषणा गर्ने निर्णय गरेको हो । आलोचकहरुले भने सरकारले यो कदम चाल्न ढिला गरेको बताएका छन् । जापानमा अहिलेसम्म चार हजार छ सयभन्दा बढी कोरोना संक्रमित फेला परिसकेका छन् भने ९१ जनाको यो भाइरसको कारण मृत्यु भइसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्