×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जापानमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, १७४ जनाको मृत्यु

LAXMI SUNRISE BANK

जापानमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, १७४ जनाको मृत्यु

७ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
टोकियो – जापानमा पनि कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको छ । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा जापानमा ५६८ जना नयाँ संक्रमित फेला परेको छ । यो सहित जापानमा कूल संक्रमितको संख्या १० हजार ३६१ पुगेको छ ।
जापानमा कोरोना संक्रमितमध्ये हालसम्म १ सय ७४ जनाको मृत्यु भएको छ भए १ हजार ६९ जना निको भएर आफ्नो घर फर्केका छन् । 
जापान यो तथ्यांकअनुसार अमेरिका र युरोपको तुलनामा सानो छ, तर स्वास्थ्य परीक्षणको संख्या नै कम भएकाले पनि वास्तविक विवरण ठम्याउन कठिन भएको बताइन्छ । विज्ञहरुले जापानमा कोरोना संक्रमितको संख्या अझ ठूलो हुन सक्ने दाबी गरेका छन् ।
जापानले अन्ततः टोकियो र अन्य ठाउँमा अतिरिक्त परीक्षण केन्द्रहरू स्थापना गर्न सुरु गरेको छ । पछिल्ला दिनहरुमा उपचारमा प्रभावकारिता ल्याउन प्राथमिक उपचार चिकित्सकहरूलाई संदिग्ध बिरामीहरूलाई सिधै परीक्षण केन्द्रहरुमा पठाउन अनुमति दिइएको छ ।
विज्ञहरूले संक्रमित व्यक्तिहरु पत्ता लगाउन विगतमा अपनाइएको रणनीति सफल नभएकाले परीक्षणलाई व्यापक बनाउन सुझाव दिएका छन् ।
प्रधानमन्त्री शिन्जो आबेले बिहीबार टोकियो र ६ वटा शहरी क्षेत्रहरूमा मात्र सीमित राखिएको आपतकालको अवस्था देशव्यापी बनाइएको घोषणा गरेका थिए । जापानका अस्पतालहरुमा संक्रमित व्यक्तिको संख्या दिनहुँ बढ्न थालेपछि प्रधानमन्त्री आबेले आपतकाल घोषणा गरेका हुन् ।
जनवरीको मध्यमा पहिलो घटना पत्ता लागेदेखि यता संक्रमित व्यक्तिको संख्या एक हजार पुग्न दुई महिना लागेको छ । तर संक्रमणको प्रसार पछिल्ला हप्ताहरूमा तीब्र रुपमा बढेको छ र १० दिनभित्रै यो संख्या ५ हजारबाट दोब्बर भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी