×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउको मौकामा बढी मूल्यमा सामान विक्री बुद्ध बजारलाई दुई लाख जरिवाना !

LAXMI SUNRISE BANK

लकडाउको मौकामा बढी मूल्यमा सामान विक्री बुद्ध बजारलाई दुई लाख जरिवाना !

३ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्वयम्भूस्थित बुद्ध बजार प्रा.लिलाई कारबाही गरेको छ । लकडाउको मौकामा तोकिएभन्दा बढी मूल्य लिई उपभोग्य सामग्री बिक्री गरेको पाइएपछि बुद्ध बजार प्रा.लिलाई कारबाही गरिएको छ ।
नियमित अनुगमनका क्रममा सो प्रा.लिले उपभोग्य सामान एमआरपीभन्दा बढी मूल्यमा बिक्री गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐनअनुसार तत्कालै दुई लाख जरिवाना गरिएको विभागले जनाएको छ । विभागले लकडाउनका समयमा उपभोक्ता ठगिने सम्भावना उच्च रहेको भन्दै अनुगमनलाई तीव्रता दिँदै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी