
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास दिन बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सुचना जारी गर्दै सवारी पास दिन बन्द गरेको जानकारी गराएको हो । पासको माग अत्यधिक बढ्नुका साथै भीडभाड हुन गइ ‘लकडाउन’ समेत उलंघन हुने अवस्था सिर्जना भएकाले बुधबारदेखि पास वितरण कार्य बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जनाएको छ ।
परिवारका सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरुलाईबाहेक अन्य प्रयोजनका लागि सवारी पास जारी नहुने कार्यालयले जनाएको छ । कोरोना भाइरस सक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले वैशाख १५ गतेसम्म लकडाउन घोषणा गरेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्