
जुम्ला – कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन सरकारले देशभर लकडाउन गरेसँगै बजारमा खाद्य सामग्री तथा ग्याससहित दैनिक उपभोग्य बस्तु बिक्रीवितरणमा सामाजिक दूरी कायम गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि मानवीय भीड कम गर्न सामाजिक दुरी कायम गर्ने व्यवस्था गरेको हो ।
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार सुरक्षा समितिको बैठकले प्रहरी प्रशासन र आम नागरिकको सक्रियतामा सामाजिक दुरी कायम गरी बिहान बेलुका दुई-दुई घण्टा दैनिक उपभोग्य बस्तु बिक्रीबितरण गर्ने व्यवस्था गरिएको छ । बिहान बेलुका सुरक्षाकर्मी परिचालन गरी दैनिक उपभोग्य बस्तु बिक्रीवितरणमा भीडभाड गर्न नदिने र सामान किन्दाबेच्दा व्यापारी उपभोक्तालाई सामाजिक दुरी कायम गर्न लगाएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “पसलको आगनमा चुना घेरा डेढ मिटरको दुरीमा राख्ने र सोही घेरामा उपभोक्तलाई उभिन लगाएर पालैपालो सामान दिएर पठाउने गरिएको छ ।”
जुम्ला बजारमा छिटफुट रुपमा यस अघि ‘हियरकटिङ’ (कपाल कटाउने पसल) चलिरहेका भएपनि पनि आजदेखि पूर्णरुपमा बन्द गर्न लगाइएको छ । प्रहरी नायव उपरीक्षक धामीले भन्नुभयो, “एक दुई जना आए कपाल काट्ने भएपनि को कस्तो व्यक्ति हो । कोरोना संक्रमित पनि हुन सक्ने आशंका हुने भएकाले बन्द गर्न लगाएको हो ।”
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्