
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले धादिङको चेपाङ समुदायलाई राहत वितरण गरी सहयोग गरेको छ । यो लकडाउनले उत्पन्न गरेको खाद्यान्न अभावलाइ मध्यनजर गर्दै कम्पनीले धादिङको गजुरी गाउँपालिका वडा नं. ३ चिलाउने खर्कका चेपाङ समुदायलाई गाउँपालिकाले स्थापना गरेको फुड बैंकसंगको सहकार्यमा राहत वितरण कार्य गरेको हो ।
आफुले गरेको खेतीबाट उत्पादित खाद्यान्नले मुश्किल संग ४ महिना धान्ने र बाँकी समय ज्याला मजदुरी गरी छाक टार्ने उक्त समुदायलाई राहत स्वरूप उक्त सहयोग गरेको हो । सिमित उब्जनी भएका चेपाङ समुदाय पहिले पहिले जंगली कन्दमुल, गिठ्ठा भ्याकुर, सिस्नु खाएर पेट भर्ने गर्थे भने, अहिले ज्याला मजदुरी गरेर छाक टार्ने गरेको र हालको लकडाउनले ज्याला मजदुरी कार्य गर्न नपाएको र खाद्यान्न अभाव भइ दैनिक गुजारा चलाउन कठिनाइ भएकाहरुको लागि गजुरी गाउँपालिकाले खाद्यान्न वितरण गर्नको लागि फुड बैक संचालन गरेको गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले जानकारी गराए ।
उक्त फुड बैंकको प्रत्यक्ष सहकार्यमा ज्योति लाईफ इन्स्योरेन्सका धादिङ उपशाखा प्रमुख जयराम ढुङ्गानाले समुदायको परिवार संख्या विचार गरी चामल, तेल, दाल र साबुन जस्ता अत्यावश्यक सामाग्री वितरण गरेका थिए । हालै मात्र कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा समेत यस कम्पनीले ७ लाख ५० हजार रूपैयाँ सहयोग गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्