×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीका कोरोना संक्रमित युवक ११ गते झन्डै १००० जनाको भीडमा गौरीफन्टा थिए…अव के हुन्छ ?

LAXMI SUNRISE BANK

कैलालीका कोरोना संक्रमित युवक ११ गते झन्डै १००० जनाको भीडमा गौरीफन्टा थिए…अव के हुन्छ ?

२२ चैत्र २०७६, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कैलाली । शनिबार कैलाली कोरोना संक्रमित भएको पुष्टी भएका २१ वर्षीय युवक भारतबाट फर्किदा गौरीफन्टा नाकामा जम्मा भएको एक हजार जनाको भिडमा सँगै रहेको बताइएको छ । सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट फर्किएकाहरूको उक्त भिडमा रहेका उनी युवामा कोरना पुष्टी भएसंगे सुदुरपश्चिममा अब के हुन्छ भन्ने प्रश्न उठेको छ ।
नेपालमा कोरना संक्रमण फैलिन नदिन सरकारले चैत १० गतेदेखि लकडाउन र सीमा नाका बन्द गरेपछि उनीहरु कैलालीको गौरीफन्टा नाका भएर फर्किएको खुलासा भएको हो । चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टामा भएको नाराबाजी र आन्दोलनमा उत्रिएको भिडमा शनिबार कोरना संक्रमित भेटिएका युवा रहेको खुलासा भएपछि सुदुरपश्चिममा अहिले त्रास बढेको छ । तर सरकारले भने सबैलाई नआत्तिन आग्रह गरिरहेको छ । यस्तो बेला संयमित बन्नसमेत सबैलाई आग्रह गरिएको छ ।  
११ गते गौरीफन्टा नाकाबाट गाडीको व्यवस्था गरी विभिन्न ठाउँ पठाएका यात्रुहरुको लिस्टममा उनको पनि नाम समावेश रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ११ गते झन्डै १००० जनालाई प्रहरीले २१ वटा बस मार्फत गन्तव्यमा पठाएको थियो। तर त्यति बेला घर पठाइएका मध्ये अधिकांस क्वारेन्टाईनमा नबसेको समेत जनाइएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी