
- अर्थ सरोकार सम्बाददाता
कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले लडाउनलाई थप कडाइ गर्ने भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको ‘कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समिति’ को बैठकले नेपाल सरकारद्वारा जारी गरिएको लकडाउनलाई थप कडाई गर्ने भएको हो । साथै सुदूरपश्चिममा कोरोनाको उच्च जोखिम देखिएपछि लकडाउन अवधि थप गर्न सरकारलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले बताए ।
कोरानाको रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनका लागि आवश्यक पर्ने औषधि, उपकरण, आवश्यक सामग्री तथा विज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मार्फत नेपाल सरकारलाई माग गर्ने निर्णय गरिएको छ । मन्त्री शाहले प्रादेशिक तथा जिल्ला अस्पतालमा कोभिड–१९ को उपचार तथा व्यवस्थापन गर्न चिकित्सकसहितको मेडिकल स्वास्थ्य टोलीनिर्माण गरी तयारी अवस्थामा राख्ने, एम्बुलेन्स तथा शव बाहनको व्यवस्था तम्तयार गर्ने निर्णय भएको पनि जानकारी दिए ।
धनगढीको सेती प्रादेशिक अस्पतालमा हाल ४ जना कोरोना भाइरस संक्रमणका बिरामी उपचाररत छन् । नेपालमा ९ जना संक्रमित भेटिएकोमा १ जना निको भइसकेका छन् । आइतबार बिहानैदेखि लागू हुने गरी सम्पूर्ण खाद्यान्न, तरकारी लगायत दैनिक उपभोग्य सामग्रीका पसलहरू, सबै किसिमका सवारीसाधन पूर्णरुपमा बन्द गरेर सहयोग गर्न सबैलाई नगरपालिकाले आग्रह गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्