×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लकडाउनका बेला ग्याँसमा कालोबजारी गर्ने एक व्यवसायी पक्राउ !

  • अर्थ सरोकार सम्बाददाता 
पर्वत –  जिल्ला प्रहरी कार्यालय पर्वतले ग्याँस कालोबजारी गर्ने एक जनालाई पक्राउ गरेको छ । लकडाउनको फाइदा उठाउँदै खाना पकाउने एलपी ग्याँस बढी मूल्यमा बेचेको आरोपमा प्रहरीले जलजला गाउँपालिका–३ वारिवेनीमा व्यवसाय गरी बस्ने मीनप्रसाद रेग्मीलाई बिहीबार पक्राउ गरेको हो । 
दिप्सन मेटल स्टोर्सका सञ्चालक रेग्मीमाथि बजार मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री गरेको उपभोक्ताको आरोप छ । नेपाल आयल निगमले प्रतिसिलिण्डर ग्यासको मूल्य एक हजार ३७५ तथा ढुवानीसहित भरी सिलिण्डरको एक हजार ४०० र आधा सिलिण्डरको रु ७०० तोकेको छ । तर रेग्मीले एक हजार ७०० लिएर ग्याँस बिक्री गरेको पाइएकाले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
खरिद बिल र लिखित उजुरीसहित गुनासो आएपछि रेग्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: