काठमाडौँ – नेपालको बैंकिङ क्षेत्रको इतिहासमा सम्भवतः पहिलो पटक आज (बिहिबार) कामना सेवा विकास बैंकको सञ्चालक समितिको बैठक डिजिटल रुपमा सम्पन्न भएको छ । बैंकका सञ्चालकहरु भौतिक रुपमा उपस्थित नभई भिडियोमार्फत प्रत्यक्ष संवाद गरी सञ्चालक समितिको बैठक सम्पन्न भएको कामना सेवा विकास बैंकले जनाएको छ ।
कोरोनाको महामारीका कारण बैंकका कर्मचारीहरु समेत उपस्थित हुन नसक्दा घरबाटै डिजिटल (विद्युतीय) कार्यालयमार्फत काम गरिरहेका छन् । यसै सन्दर्भमा कामना सेवा विकास बैंकले पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत २८९ औं सञ्चालक समितिको बैठक आयोजना गरेको छ ।
सञ्चालकहरु भौतिक रुपमा उपस्थित भई नियमित बैठक बस्ने अवस्था नरहेपछि हालको अवस्थाको बारेमा गहन विश्लेषण एवं भावी रणनीतिको सम्बन्धमा नीतिगत निर्णय गर्न तथा आवश्यक दिशानिर्देश गर्ने उद्देश्यले डिजिटल बैठक फलदायी रहेको बैंकका अध्यक्ष सुदिप आचार्यले बताए ।
केही पहिलो बैंकको सञ्चालक समितिको बैठक सम्बन्धी नियमावलीमा संशोधन गर्दै विद्युतीय प्रविधिको माध्यमद्वारा भिडियो कन्फरेन्स मार्फत सञ्चालक समितिको बैठक बस्न सक्ने व्यवस्था गरेको थियो ।
आज सम्पन्न डिजिटल बैठक नेपालको बैंकिङ क्षेत्रमा कोशेढुंगा सावित हुने बैंकका प्रमुख कार्याकारी अधिकृत प्रविण बस्नेतले जानकारी दिए । आजको बैठकले लकडाउनमा परेका कारण पीडामा परेका गरिब तथा असहाय व्यक्ति तथा परिवारहरुको दैनिकी सञ्चालन तथा सहजीकरण गर्न स्थानीय सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने निर्णय गरेको सिईओ बस्नेतले बताए ।
काठमाडौको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६५ वटा एटिएम मेशिनमार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्