×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदुरपश्चिमका गाउँमा चलिरहेछ भोज : न लकडाउनको चेतना, न त प्रशासनकै उपस्थिति !

PRIME CA
GLOBAL IME BANK

सुदुरपश्चिमका गाउँमा चलिरहेछ भोज : न लकडाउनको चेतना, न त प्रशासनकै उपस्थिति !

२३ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता

कञ्चनपुर – यतिबेला कोरोनाको उच्च जोखिममा सुदुरपश्चिम रहेको छ । सुदुरपश्चिममा शनिबार मात्र कोरोनाका तीन नयाँ संक्रमित फेला परे । यसअघि पनि सुदुरपश्चिममा दुबईबाट डिल्ली काठमाडौँ हुँदै धनगढी पुगेका ३४ वर्षीय एक जनालाई संक्रमण देखिएको थियो । सुदुरपश्चिममा मात्र कोरोना संक्रमितको संख्या ४ पुगेको छ । जसमा २ जना भने एकै घरका अर्थात  देवर र भाउजु संक्रमित भएका छन् । 

तर विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसलाई सुदुरपश्चिमका आम बासिन्दाहरुले मजाक सम्झिरहेका छन् । देश लकडाउनको अवस्थामा पनि कुनै वास्ता छैन् सुदुरपश्चिम बासीहरुलाई । यसैबेला गाउँघरतिर खेतीपातीको पनि बेला छ । मनिसहरुलाई रोग भन्दा पनि बाली भित्रयाउनै हतार छ । तिहारहरु चैते दशैँ, नयाँ वर्ष, नौरता पनि चलिरहेको छ । यसबेला घर आउने लाहुरेहरुको भोजभतेर र खुसीयाली चलिरहेको छ कतिपय ठाउँमा । कतिपय व्यक्तिलाइ चेतना नै छैन भने कतिपयलाइ चेतना भएर पनि रोगसंग ख्यालठट्टा गरिरहेका छन् ।
कञ्चनपुरका ग्रामीण क्षेत्रका मानिसहरु दारु खाएर हिँडेका छन् भने कतिपयले भोजभतेर र खुसीयाली मनाइरहेका छन् । कोरोना भारसको  खतरा शहरभन्दा पनि गाउँमा उच्च देखिन्छ । त्यस्ता स्थनमा प्रहरी पनि पुग्ने गरेको पाइदैन । यसो त सरकारले नयाँ ३ केस देखिएपछि लकडाउनमा थप कडाइ गर्ने निर्णय गर्नुका साथै कैलाली, कञ्चनपुर र बागलुङमा र्‍यापिड टेष्टको निर्णय गरेको थियो । तर गाउँघर मनिसहरुले कोरोनाको कुनै प्रवाह नगरी एकै ठाउँमा भेला भएर भोजभतेर मनाइरहँदा उनीहरुलाई बुझाउन न प्रशासन पुग्छ न आफैमा चेतना हुन्छ । जसले गर्दा उक्त भाइरस बढी भन्दा बढी फैलिन सक्ने देखिन्छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: