
कंचनपुर : कोरोना (कोभिड-१९) संक्रमणले विश्व त्रसित भइरहेका बेला कंचनपुरका मदिरा व्यावसायि भने नेपाल सरकारले लागू गरेको लकडाउनको उल्लंघन गरि मदिरा ओसारपसारमा व्यस्त देखिन्छन । महामारीको रुपमा विश्वका २ सय भन्दा बढी राष्ट्रमा फैलिएको कोरोनाको संक्रमणको जोखिमलाइ रोक्न र फैलिन नदिनको लागि नेपाल सरकारले पनि लकडाउन गरेको छ ।
कंचनपुरमा भने कोरोनाको महामारी फैलिन नदिन नेपाल सरकारले देशभर लगाएको लकडाउनको मौका छोपी मदिरा व्यवसायीहरुले लुकिछिपी मदिरा ओसारपसार गरिरहेका छ्न । खाद्यान्न सामग्रीहरु बोकिरहेको भन्दै मदिरा बोकिरहेका दुई मदिरा व्यवसायीलाई बुधबार बिहान कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका बाट पक्राउ गरिएको छ । उनीहरुको साथमा भएको मदिरा नष्ट गरि दुई वटा मोटरसाईकल नियन्त्रणमा लिईएको हो ।
शुक्लाफाँटा नगरपालिका ८ नम्बर कोरना भाईरस नियन्त्रण तथा उच्च सर्तकता विशेष कार्यदलले मदिरा बोकिरहेका दुई जना मदिरा व्यवसायीलाई नियन्त्रणमा लिएको हो । कार्यदलका संयोजक एव शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्ष बहादुर महरा आफै बिहानैदेखि वडामा लकडाउन प्रभावकारी बनाउन खटिएका थिए। संयोजक महराको टोलीले दुईजनालाइ मोटरसाईलकमा मदिरा बोकिरहेका बेला नियन्त्रणमा लिईएको हो । संयोजक महराका अनुसार कलुवापुर बजारमा रहेको बोहरा मदिरा पसलबाट मदिरा ल्याईरहेका कृष्णपुर नगरपालिका १ सुन्दरफाँटाका राम प्रशाद चौधरी र पर्शुराम चौधरीलाई नियन्त्रणमा लिएको हो । से५ प ८४७४ र म१प ८७११ नम्बरको मोटरसाईकलमा ५ पेटी सौफि, २ पेटी डायमण्ड र १ पेटी भोड्का सहितका मदिरा नियन्त्रणमा लिईएको थियो ।
नियन्त्रणमा लिइएको मदिरा नष्ट गरिएको र उनीहरुलाई सम्झाई बुझाई गरि पहिलो पटकका लागि आम माफि दिइ छोडिएको वडाध्यक्ष महराले बताएका छ्न । उनिहरुलाइ लकडाउनको समयमा अवउपरान्त मदिरा नबोक्ने, बिक्रि वितरण एव सेवन नगर्ने लिखित प्रतिबद्धता सहित छाडिएको जनाइएको छ। नेपाल सरकारले लागू गरेको लकडाउनको उल्लंघन गर्दै यसरी मदिराको ओसारपसार गर्नेहरुलाई कडा कारबाही गर्नु पर्ने एक स्थानिय ले बताएका छन । लकडाउन गरिएको भएतापनी कंचनपुरका विभिन्न स्थानहरुमा लुकिछिपी मदिरा बिक्रीवितरण गरिरहेको समेत श्रोतले जनाएको छ । यो कार्य रोक्नको लागि प्रसाशनले कडा कदम उठाउनु पर्ने देखिन्छ ।
यहि चैत १५ गते जिल्ला प्रसाशन कंचनपुरले एक जरुरी सुचना निकाल्दै कंचनपुर जिल्ला भरी अनिश्चितकालका लागि मदिरा बिक्रीवितरणमा रोक लगाएको थियो । उक्त सुचनाको उलंघन गरि बिक्रीवितरण गर्नेलाइ कारबाही समेत गरिने उक्त सुचनामा जारी गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्