- अर्थ सरोकार सम्बाददाता
कपिलवस्तु – कपिलवस्तुमा आइसोलेसनमा उपचाररत एक बिरामीको मृत्यु भएको छ । कोरोना भाइरसको आशंकामा कपिलवस्तु अस्पतालको आइसोलेसनमा रहेका ३० वर्षीय गोवर्धन भरको मृत्यु भएको अस्पतालका मेडिलक सुपरिटेण्डडेन्ट किशोर बन्जाडेले बताए ।
विजयनगर गाउपालिका–२ जलैयाका ३० वर्षीय भरको उपचारकै क्रममा सोमवार राति ८ बजे मृत्यु भएको हो । कोरोना परिक्षणको लागि उनको स्वाव पठाइएको भएपनि रिपोर्ट नआइसकेको अस्पतालले जनाएको छ ।
उनलाई ज्वरो र खोकी आउने तथा छाती दुख्ने गरेपछि चन्द्रौटास्थित स्थानीय मेडिकलमा उपचार गराइएको थियो र त्यहाँ उपचार हुन नसकेपछि कपिलवस्तु अस्पताल पठाइएको थियो । उनको शवलाई अस्पतालको फ्रिज घरमा राखिएको छ । रिपार्ट आएपछि मात्र शवलाई परिवारको जिम्मा लगाइने बन्जाडेले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्