
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – लकडाउनको अवधिमा ३६ फर्म कारबाहीमा परेका छन् । लकडाउनको मौका छोपेर कालोबजारी गर्ने विभिन्न फर्म, सर्जिकल हाउस, मासु पसल तथा डिपार्टमेन्ट स्टोरहरु कारबाहीमा परेका हुन् । चैत ११ देखि वैशाख १३ गतेसम्म काठमाडौं उपत्यका र बाँके जिल्लाका ३६ वटा फर्मलाई कारबाही गरिएको हो । जसबाट ५० लाख राजस्व संकलनसमेत भएको छ ।
विभागका अनुसार बाँकेका २ फर्मबाहेक ३४ फर्म उपत्यकाका हुन् । चैत १५ गते बाँकेको भाट फलफूल तथा तरकारी सप्लायर्सलाई मूल्यसूची नराखेको भन्दै ५० हजार र देवी शर्मा तरकारी तथा फलफूल पसललाई खरिद बिल नभएको भन्दै कारवाही स्वरुप २० हजार जरिवाना गरिएको थियो।
यस्तै मासुमा बढी मूल्य लिएको भन्दै बत्तीसपुतलीमा रहेको मुस्कान मासु पसललाई २ लाख, नयाँबानेश्वरमा रहेको आइकालु मिट सेन्टरलाई २ लाख, नयाँबानेश्वरमा रहेको न्यु धनुषा माछा पसललाई ५० हजार, ललितपुर चापागाउँ दोबाटोको शिव कोल्ड स्टोर्सलाई २ लाख र डिल्लीबजारको राजु फ्रेस हाउसलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागका अनुगमन निरीक्षक दीपक पोखरेलले बताए ।
पोखरेल अनुसार त्रिपुरेश्वरमा रहेको शिरिष सप्लायर्सलाई २ लाख, लोकन्थलीमा रहेको समिट हस्पिटलको फार्मेसीलाई २ लाख, त्रिपुरेश्वर इन्टरनेशनल प्याथो साइन्टिफिक ट्रेडर्सलाई २ लाख, त्रिपुरेश्वरकै गौतम इन्टरनेशनल प्रालिलाई ४० हजार, तिनकुनेमा रहेको देउती सर्जिकल एण्ड साइन्टिफिक हाउसलाई २ लाख, त्रिपुरेश्वरको कान्तिपुर सर्जिकललाई २ लाख, पीपीईमा बढी मूल्य लिएको भन्दै त्रिपुरेश्वरकै महालक्ष्मी इशान इन्टरप्राइजेजलाई २ लाख, सुकेधारामा रहेको कालिका ट्रेडर्सलाई २ लाख, सातदोबाटोमा रहेको प्रतिमा फामेर्सीलाई २ लाख र त्रिपुरेश्वरमा बिना दर्ता फामेर्सी सञ्चालन गरिएको भन्दै भण्डारी सर्जिकललाई ५० हजार जरिवाना गरिएको छ । यस्तै बढी मूल्यमा खाद्य सामग्रीको बिक्री वितरण गरेको भन्दै बाफलमा रहेको न्यू बिके स्टोरलाई ३ लाख, बानेश्वरमा रहेको लुम्बिनी इन्टरनेशनल ट्रेडर्सलाई ५० हजार, सितापाइलामा रहेको बुद्ध बजार प्रालिलाई २ लाख, महांकालमा रहेको डेली ग्रोसरीलाई २ लाख र इमाडोलमा रहेको बाबुलाल फलफूल तथा तरकारी पसललाई ५० हजार जरिवाना गरिएको हो।
खरिद बिल देखाउन नसकेको भन्दै सुनारगाउँमा रहेको मुना ग्यास स्टोरलाई १० हजार, बलम्बुमा रहेको धनलक्ष्मी कोल्ड स्टोरलाई २० हजार, सितापाइलामा रहेको चितवन खाद्य सप्लायर्सलाई २ लाख, महारागन्जमा रहेको सेलवेज क्यास एण्ड क्यारी प्रालिलाई २० हजार, सातदोवाटोमा रहेको अदिति स्टोरलाई २० हजार, स्वयम्भूमा रहेको मनि ट्रेडर्सलाई १० हजार, स्वयम्भूकै एमएम खाद्य स्टोर्सलाई १० हजार, गोकर्णेश्वरमा रहेको एमएसबी भेराइटिजलाई २० हजार र सनसिटीमा रहेको मनिषा खाद्य स्टोरलाई २० हजार जरिवाना गरिएको छ।
विभागको तथ्यांक अनुसार अनुगमनमा असहयोग गरेको भन्दै कालोपुलमा रहेको श्रीदीप स्टोरलाई ५ हजार र मूल्यसूची नराखेको भन्दै इमाडोलमा रहेको दिपशिखा स्टोर्सलाई ५० हजार जरिवाना गरिएको छ । विभागले सबै फर्मलाई अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दै उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ क वमोजिम अनुचित व्यापारिक क्रियाकलाप अनुसार कसुर गरेकोले ३१ (१) अनुसार जरिवाना गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्