×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेकपालाई आफ्नै कार्यकर्ताको सुझाव, ‘यस्तो बेला मिल्ने भन्दा एक्लिदा नै राम्रो हुन्छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेकपालाई आफ्नै कार्यकर्ताको सुझाव, ‘यस्तो बेला मिल्ने भन्दा एक्लिदा नै राम्रो हुन्छ’

Artha Sarokar

८ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सत्तारुढ नेकपा फुटको संघारमा पुग्दा कार्यकर्तास्तरबाट व्यंग्यात्मक सुझाव आउन थालेको छ । यसै बीच लामो समय कम्युनिष्ट आन्दोलनमा होमिएका र हाल पत्रकारितामा सक्रिय रहेका रुकुमका मेघराज खड्काले पनि प्रचण्ड र ओलीलाई एक्लिन सुझाव दिएका छन् ।
‘एकतापछी नेकपा ठूलो पार्टी भो, सदस्य र कार्यकर्ताको हुल ठुलो भो, ठूलो जेटमा यात्रा गर्नु पर्ने अवस्था आयो । यहि क्रममा विश्वमा कोरोना भाइरस महामारी आयो । हुल सहित जेटमा यात्रा गर्दा कोरोना सर्ने सम्भावना भयो । त्यसकारण पुरानै तरिकाले आआफ्नो घरमा बस्ने सर्कुलेसन जारी पनि हुन सक्छ । यसलाइ अन्यथा नसोचौ कमरेडहरु । यो बेला मिल्ने भन्दा पनि जतिसक्दो एक्लिदा नै राम्रो हुन्छ ।’ उनले फेसबुकमा लेखेका छन् ।
सुन्दा रमाइलो सुनिएपनि यो लेखाइमा पार्टीभित्रको वितृष्णा छचल्किएको छ । 
 यता  प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सकिएलगत्तै सरकारमा रहेका पूर्वमाओवादी खेमाका मन्त्रीहरुको बेग्लै बैठक बसेको छ । बैठकपछि अध्यक्ष प्रचण्डलाई भेट्न उर्जामन्त्री वर्षमान पुन खुमलटारतर्फ लागेका छन् भने अन्य मन्त्रीहरु पनि प्रचण्ड निवास पुगेका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा दलसम्बन्धी कानून संशोधनका लागि अध्यादेश ल्याइएको थियो । 
कोरोना भाइरसका कारण देश नै संकटमा परेको बेला ओलीले पार्टी विभाजनको अध्यादेश एकाएक पारित गराएपछि तर्सिएका नेकपाका अर्का अध्यक्ष प्रचण्डले पूर्वमाओवादीका सबै मन्त्रीलाई ललितपुरको खुमलटारस्थित आफ्नो निवासमा बोलाएका छन् । 
आफूहरुसँग सल्लाह नै नगरी यस्तो अध्यादेश ल्याएपछि रुष्ट पूर्व माओवादीको तर्फबाट मन्त्रालयमा सहभागी मन्त्रीहरुको आजै सामूहिक राजीनामा आउनसक्ने संभावना समेत रहेको माओवादीस्थित उच्च स्रोतले जानकारी दिएको छ । यसैबीच प्रचण्डसँगको बैठकमा एक मन्त्रीले आजै सबैले राजिनामा दिउँ, ‘कांग्रेसको समर्थनमा सरकारमा जाउँ’ भन्ने प्रस्ताव राखेको पनि उच्च स्रोतको दाबी छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी