×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कास्कीमा कोरोना संक्रमितकाबारे समाचारको तथ्य : मिडियाले होइन, गण्डकी प्रदेश सरकारले झुक्यायो (प्रमाणसहित)

LAXMI SUNRISE BANK

कास्कीमा कोरोना संक्रमितकाबारे समाचारको तथ्य : मिडियाले होइन, गण्डकी प्रदेश सरकारले झुक्यायो (प्रमाणसहित)

२१ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कास्की । पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ । केहि मिडियाले गलत समाचार प्रकाशित गरेको भन्दै मन्त्रालयले यस्तो जानकारी दिएको हो । तर यहाँ जानकारी मिडियाले गलत नभई प्रदेश सरकारले गलत दिएको पुष्टी भएको छ । प्रदेश सरकारको आधिकारिक वेवसाइटमै संक्रमितको संख्या ७ देखाइएको थियो । त्यसलाई नै आधार बनाएर मिडियाहरुमा समाचार छापिएका थिए ।

मन्त्रालयका प्रवक्ताले पत्रकार सम्मेलनका क्रममा बोलेका कुरा जस्ताको त्यस्तै
यो अलिकति के हुँदोरहेछ भन्दा अहिले हामीले प्रदेशमा (ल्याब) विस्तार गर्‍यौं। प्रदेशमा मेसिनहरु गएको छ, रिजेन्टहरु गएको छ । त्यो मेसिनहरुको भ्यालिडेसनको कुरा आउँछ । केही कुराहरु त्यहाँ प्रष्ट रुपमा गर्नुपर्ने हुन्छ । मतलव, संख्याचाहिँ यथेष्ठ रुपमा गरेर, पोजेटिभ, नेगेटिभको संख्याहरु आएर अन्त पनि भेरिफाइड भयो भने यो सब सिस्टम ठीक छ भनेर यो एउटा सामान्य गतिविधि हो । यसमा फेरि त्यहाँ परीक्षण हुने, त्यसपछि फेरि हाम्रो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आउने, यो दोहोरो भयो भन्ने कुरा पनि केहीले उठाउनुभएको छ, त्यसो हुँदैन । यो चाहिँ भ्यालिडेसन गर्ने क्रममा त्यो मेसिन र रिजेन्टहरु मिल्ने कुरालाई हेर्दाखेरि केही नमूनाहरु हामीले रि ९पुनपरीक्षण० गर्नुपर्ने हुन्छ ।त्यो भनेको हाम्रो निर्णयहरु, हाम्रो परीक्षणको नतिजाचाहिँ कंक्रिट होस् भन्नलाई हो, यो सधैंभरि गर्नुपर्दैन । केही समयका लागि हुन्छ । यसले गर्दाखेरि कुनै केस शंकास्पद भयो भने त्यहाँ ९प्रदेशमा० पनि रिपिट हुन्छ, यहाँ पनि रिपिट हुन्छ, थप नमूना लिइन्छ ।यो प्रोसेस भइसकेपछि मात्र हामीले रिजल्ट प्रकाशित गर्छौं । त्यो हिसाबले त्यहाँ पोखरामा आजसम्म पोजेटिभ नआएको स्थिति छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी