
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । केन्द्रिय तथ्यांक विभागले नेपालीको वार्षिक प्रतिव्यक्ति आय औसत एक हजार ८५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरेको छ । विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार २०७६/७७ मा नेपाली नागरिकको प्रतिव्यक्ति आय औसत एक हजार ८५ अमेरिकी डलर अर्थात एक लाख २६ हजार १८ रुपैयाँ पुग्ने भएको हो ।विभागले अमेरिकी डलरसँगको विनिमय दर ११६ रुपैयाँका दरले हिसाब गरेको छ।
गत आर्थिक वर्ष २०७५/७६ मा प्रतिव्यक्ति आय १०४७ डलर थियो । करिब एक वर्षमा नेपालीको प्रतिव्यक्ति आय ४५ सय रुपैयाँले बढेको छ । चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.२७ प्रतिशतमा खुम्चिने तथ्यांक सार्वजनिक भएसंगै प्रतिव्यक्ति आयमासमेत यसको प्रभाव देखिएको छ । कोरोना भाइरसका कारण अर्थतन्त्रका समग्र सूचकहरु ओरोलो लाग्ने क्रममा रहेका छन् । यस वर्ष विप्रेषण आयसमेत केही खुम्चने भएको छ । यस वर्ष सात खर्ब १६ अर्ब रुपैयाँ मात्र विप्रेषण आय हुने अनुमान गरिएको छ ।
यस्तै गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ३२ खर्ब ९ अर्ब रहेको छ भने कुल गार्हथ्य उत्पादन उपभोक्ता मूल्यमा ३७ खर्ब ६७ अर्ब छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्