Skip to content
LAXMI SUNRISE BANK

सांसद अधिकारीद्वारा कोरोना नियन्त्रण तथा उपचार कोषमा ५० हजार सहयोग

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा – पूर्व स्वास्थ्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले पोखरा महानगरपालिकाको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा ५० हजार सहयोग गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अधिकारीले महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई सो रकम हस्तान्तरण गरेका हुन् । 

यस्तै सांसद अधिकारीको पहलमा रुपा गाउँपालिका–६ रुपाकोटमा रहेका मुस्लिम समुदायका १२५ परिवारका लागि राहत प्रदान गरिएको छ । उनले चामल, तेल, दाललगायत दैनिक उपभोग्य राहत सामग्री गाउँपालिकाका अध्यक्ष नवराज ओझालाई हस्तान्तरण गरेका हुन् । अध्यक्ष ओझाले डेढ लाख बराबरको दैनिक उपभोग्य राहत सामग्री तत्कालै मुस्लिम समुदायलाई वितरण गरिएको जानकारी दिए । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK