
काठमाडौँ । गभर्नरको दौडमा रहेका राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) किरणकुमार श्रेष्ठ बीमा समितिको सञ्चालकमा नियुक्त भएका छन् । यो संगै उनको गभर्नरको दौडमा पूर्णबिराम लागेको छ। अहिले संचालक बनाएर उनलाई बीमा समितिको अध्यक्ष बनाउने ललिपप देखाइएको छ ।
हालका अध्यक्ष चिरन्जीवी चापागाईंको कार्यकाल सकिएलगत्तै उनलाई अध्यक्ष बनाउने भन्ने आश्वासन देखाएर उनलाई गभर्नरको दौडबाट साइड लगाउने काम भएको छ । २०७७ पुस १३ गते अहिलेका अध्यक्ष चिरञ्जीबी चापागाईंको कार्यकाल सकिँदैछ । तर त्यसपछि उनी सिधै अध्यक्ष बन्ने सम्भावना भने निकै कम भएको जानकारहरुको ठम्याई छ ।
अर्थ मन्त्रालयले श्रेष्ठलाई बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको सञ्चालकमा नियुक्त गरेको हो । गत फागुन १८ गतेको मन्त्रीस्तरीय निर्णयबाट श्रेष्ठको नियुक्ति भएको हो । नवनियुक्त सञ्चालक श्रेष्ठ समितिको एउठा बैठकमा समेत सहभागी भइसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्