×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना माहामारी अघि बिदा लिएर नेपाल आएका नेपाली श्रमिकलाई कोरिया फर्काउने तयारी, पहिलो फ्लाइट कहिले हुन्छ ?

PRIME CA
GLOBAL IME BANK

कोरोना माहामारी अघि बिदा लिएर नेपाल आएका नेपाली श्रमिकलाई कोरिया फर्काउने तयारी, पहिलो फ्लाइट कहिले हुन्छ ?

१६ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ –  दक्षिण कोरियाले लकडाउन अघि नेपाल आएका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीलाई नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया फर्काउने भएको छ । एनआरएनए केन्द्रीय कमिटी र नेपाल एयरलान्सबीच सोमबार एक सम्झौता भएको एनआरएनए कोरियाका महासचिव डा. विमल सुवेदीले जानकारी  दिए । 
पहिलो चरणमा अप्रिल ३० तारिखमा फ्लाइट हुनेछ । जसमा भिसा सकिन लागेकालाई प्राथमिकता दिइ उडाइनेछ । फर्किने श्रमिकले टिकटवापत एक लाख १३ हजार ७७५ रुपैँया अप्रिल २९ तारिख दिउँसो २ बजेभित्र बुझाईसक्नु पर्नेछ । कोरिया फर्केपछि अनिवार्यरूपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ । सेल्फ क्वारेन्टाइनको व्यवस्था गर्न नसक्नेहरूले इन्छन एयरपोर्टको हेल्प डेस्कमा सम्पर्क गरी दिनको एक लाख कोरियन वन तिरेर क्वारेन्टाइनको सुविधा लिनसक्ने पनि बताइएको छ । कुनै समस्या वा जानकारी लिनुपर्ने भए एनआरएनए कोरियाका प्रतिनिधिसँग सम्पर्क गर्न पनि भनिएको छ ।
लकडाउनअघि दक्षिण कोरियाबाट छोटो अवधिको बिदा लिएर नेपाल पुगेका नेपाली श्रमिक समयमै फर्किन नसक्दा भिसा नै रद्द हुने हो कि भन्ने चिन्ता थपिएको थियो । आफूले काम गरिरहेको कम्पनीले छिटो फर्कन भनिरहने तर लकडाउनका कारण फर्कन नसक्दा नेपालमा रहेका नेपाली श्रमिक चिन्तित थिए । जसका लागि सहयोग गर्न यहाँको एनआरएनए, सामाजिक तथा व्यवसायी सङ्गठनहरूले नेपाल सरकारलाई अनुरोध गरेका थिए । अनुरोधबमोजिम नेपाल सरकारले मन्त्रिपरिषद्को बैठकबाटै लकडाउन अवधिमा भए पनि कोरिया सरकारसँग छलफल गरी फर्कनुपर्ने नेपालीलाई कोरिया फर्कन मिल्ने निर्णय गरेको थियो । निर्णयपश्चात एनआरएनए कोरियाले नेपाल एयरलाइन्ससँग विमान चार्टर्ड गर्ने सम्झौता गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: