×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दक्षिण कोरियाका लागि तय नेपाल एयरलाइन्सको चाटर्ड उडान स्थगित, नेपाली श्रमिकको स्वास्थ्य परीक्षणको माग

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

दक्षिण कोरियाका लागि तय नेपाल एयरलाइन्सको चाटर्ड उडान स्थगित, नेपाली श्रमिकको स्वास्थ्य परीक्षणको माग

Artha Sarokar

१७ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । बिदामा नेपाल आएका श्रमिकलाई दक्षिण कोरिया फर्काउनका लागि बिहीबार(भोली) का लागि तय भएको नेपाल एयरलाइन्सको उडान स्थगित भएको छ । दक्षिण कोरियाका लागि उडान भर्ने तय भएको चार्टर विमान स्थगित भएको हो ।
गैरआवासीय नेपाल संघले नेपाली श्रमिकको स्वास्थ्य परीक्षणको माग गरेपछि उडान स्थगित भएको नेपाल एयरलाइन्सले जानकारी दिएको छ ।
२७४ सिट क्षमताको निगमको वाइड बडी विमानमार्फत् उनीहरुलाई दक्षिण कोरिया लैजाने तय भएको थियो । तर अब उनीहरुको स्वास्थ्य परीक्षण भएपछि मात्रै उडान हुनेछ । नयाँ उडान मिति पछि तय हुने समेत निगमले जानकारी दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी