
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार एक कोषमा एक अर्ब ३२ करोड १२ लाख २२ हजार ६३७ सङ्कलन भएको छ । सरकारले स्थापना गरेको उक्त कोषमा हालसम्म एक अर्ब ३२ करोड १२ लाख २२ हजार ६३७ सङ्कलन भएको हो ।
आइतबार मात्र १३ करोड १७ लाख ११ हजार ७५० जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले १२ करोड, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले ५० लाख, सिभिल बैंक लिमिटेडले ४३ लाख ५० हजार, मेलम्ची नगरपालिकाले आठ लाख दुई हजार ९४८ र दुर्गाबहादुर क्षेत्रीले तीन लाख कोषमा जम्मा गरेका छन् ।
त्यस्तै कोषमा नाम नखुलेका तथा एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति/संस्थाबाट कूल १२ लाख ५८ हजार ८०२ जम्मा भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्